मुग्लिन पोखरा सडकको पश्चिम खण्डमा काम सुस्त, जनतालाई सास्ती
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुग्लिन पोखरा सडकको पश्चिम खण्डमा काम सुस्त, जनतालाई सास्ती

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०८०, मंगलवार

    दमौली । पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन पोखरा सडक विस्तारको काम चलिरहेको छ। तनहुँको ऑबुखैरेनीदेखि पोखरासम्मलाई दुई खण्डमा ठेक्का लगाएर काम भइरहेको छ । यो खण्डको प्रगति जम्मा ६ प्रतिशत छ ।

    तर पश्चिम खण्ड अन्तरगतको जामुनेदेखि कोत्रेसम्मको काम ज्यादै सुस्त छ । यसले निर्धारित समयमै काम सम्पन्न नहुने त निश्चित छ, जनताले पनि सास्ती भोगिरहेका छन् ।

    सडकको काम सुस्त हुँदा यात्रुलाई यात्रा गर्न निकै कष्टकर छ । स्थानीय अमिर श्रेष्ठलो सडकको काम सुस्त र अव्यवस्थित हुँदा सास्ती भएको गुनासो गरे । उनले भने, ‘कामदारको को संख्या पनि थोरै छ, मेसिनको संख्या थोरै छ । ठाउँ-ठाउँ मा पानी जमेर हिलाम्मे भएको छ । सरोकारवाला निकायले वास्ता गरिरहेको छैन ।’