म्याग्देबाट सुरु भयाे श्रम स्वीकृति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देबाट सुरु भयाे श्रम स्वीकृति

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०८०, मंगलवार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाले मङ्गलबारदेखि श्रम स्वीकृति प्रदान गर्न थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्र अनुसार गाउँपालिकाले श्रम स्वीकृति प्रदान गर्न थालेको हो ।

    म्याग्दे गाउँपालिकाले वडा नम्बर ६ छबिसेका तोरणबहादुर विश्वकर्मालाई पहिलो श्रम स्वीकृति प्रदान गरेको रोजगार संयोजक पविन्द्र शाहीले जानकारी दिए। वैदेशिक रोजगारका लागि साउदी अरब जान लाग्नुभएका आवश्यक सबै कागजात ल्याएपश्चात् श्रम स्वीकृति प्रदान गरिएको शाहीले बताए ।

    पालिकाबाटै श्रम स्वीकृति पाएपछि सहज भएको विकले बताए। यसअघि काठमाडौ वा पोखरा गएर श्रम स्वीकृति लिनुपर्दा विचौलियाबाट ठगिने समस्या रहनेमा पालिकाबाटै श्रम स्वीकृति पाएपछि सजिलो भएको उनकाे भनाइ छ ।

    वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि पोखरा वा काठमाडौ गएर श्रम स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै रहेका स्थानीय सरकारमार्फत् उक्त सेवा पाउन थालेपछि सहज हुने रोजगार संयोजक शाहीले बताए। शाहीले भने, “यसअघि अन्यत्रै गएर श्रम स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झण्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो तर अब स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहज हुन्छ ।”