म्याग्दे कांग्रेसको नेतृत्वमा नरसिंह राना, ४ मतको रोमाञ्चक जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे कांग्रेसको नेतृत्वमा नरसिंह राना, ४ मतको रोमाञ्चक जित

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०८३, बुधबार

    तनहुँ, ७ अयोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दे गाउँपालिकाको गाउँ सभापतिमा नरसिंह राना विजयी भएका छन्।

    सहमति जुट्न नसकेपछि भएको निर्वाचनमा रानाले ८२ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी श्रीभद्र आचार्यले ७८ मत प्राप्त गरे।

    म्याग्दे गाउँपालिकामा रहेका १७७ क्षेत्रीय प्रतिनिधिमध्ये १६५ जनाले मतदान गरेका थिए। राना र आचार्यबीचको प्रतिस्पर्धामा ४ मतको अन्तर रहेको छ।