डाँका चोरी गरेको अभियोगमा तनहुँमा दुई जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डाँका चोरी गरेको अभियोगमा तनहुँमा दुई जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०८०, मंगलवार

    दमाैली । डाँका चोरी गरेको अभियोगमा म्याग्दे गाउँपालिका-१ पाचधारे घर भई व्यास नगरपालिका-५ बरबोटे बस्ने २४ वर्षीय समिर थापा मगर र म्याग्दे गाउँपालिका-१ दमुङ रुमादी बस्ने २३ वर्षीय दुर्ग बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । 

    वैशाख २९ गते राति म्याग्दे गाउँपालिका-१ रुमादी बस्ने ७५ वर्षीय शिव कुमार श्रेष्ठको घरबाट विभिन्न सामान तथा सोही गाउँपालिका-१ ठुलोढापमा बस्ने ६९ वर्षीय लक्ष्मण तामाङलाई धारिलो हतियार देखाई कुटपिट गरी नगद ४६ हजार ६० रुपैयाँ डाँका चोरी गर्ने कार्यमा उनीहरूलाई चोरी गरेको विभिन्न सामान र नगदसहित फेला पारी पक्राउ गरेको हो । 

    उनी उपर जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमती लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।