दुलेगौडा । गुरुङ मगर सांस्कृतिक एकता समाज शुक्लागण्डकीको अध्यक्षमा मनराज गुरुङ चयन भएका छन् । बुधबार सम्पन्न छैठौ अधिवेशनबाट गुरुङको अध्यक्षतामा कार्यसमिति गठन गरिएको हो ।
उपाध्यक्षमा चन्द्र थापा मगर, सचिवमा अमर राज थापा, सहसचिवमा डिल बहादुर गुरुङ, कोषाध्यक्षमा रुपा गुरुङ र सदस्यहरुमा यामबहादुर आले, पदमबहादुर आले, भेषबहादुर गुरुङ, नारायण गुरुङ, यामबहादुर आले, कृष्णकुमारी थापा, गोमाया थापा, मेखबहादुर गुरुङ, टुकबहादुर गुरुङ र पूर्णबहादुर आले चयन भएका छन् ।
२०४९ सालमा स्थापना भएको यस संस्था केहि समय सुस्ताएपनि दुबै समुदायलाई एकताबद्ध बनाउदै आर्थिक, सामाजिक र राजनैतिक रुपान्तरणमा सहजीकरण गर्ने उद्धेश्य सहित पुन: क्रियाशील बनाइएको हो ।