पाटन खेलमैदानलाई क्रिकेट रङ्गशाला बनाउन माग (फोटो सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पाटन खेलमैदानलाई क्रिकेट रङ्गशाला बनाउन माग (फोटो सहित)

    खबरपुञ्ज संवाददाता

    ४ जेष्ठ २०८०, शुक्रबार

    दमौली । तनहुँको व्यास नगरपालिका-५ पाटनमा एउटा खेलमैदान छ । व्यास-५ का निवर्तमान वडाध्यक्ष मोहनकुमार श्रेष्ठको पहलमा यो मैदान निर्माण गरिएको हो ।

    सार्वजनिक जग्गाको रुपमा त्यस ठाउँमा श्रेष्ठले टोल विकास संस्था, विद्यालयसँग समन्वय गरी पाटन खेल मैदानको रुपमा विकास गरेका थिए । वडाकै बजेटमा जग्गा सम्याउने र संरक्षण गर्ने काम भएको थियो । तर गत वर्षको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले यसमा चासो नदिएको बताइन्छ ।

    पाटन खेलमैदानलाई व्यवस्थित क्रिकेट मैदान बनाउनुपर्ने आवाज उठ्न थालेको छ । पछिल्लो समय क्रिकेट खेलतर्फ आकर्षण बढिरहेको र जिल्लामा क्रिकेट मैदान नभएकाले यो खेलमैदानलाई क्रिकेट मैदानको रुपमा विकास गर्नुपर्ने निवर्तमान वडाध्यक्ष श्रेष्ठले बताए ।

    ‘मेरो कार्यकालमा मैदानलाई व्यवस्थित बनाउने काम भयो, तर त्यसपछि बजेट पनि परेन,’ उनले भने, ‘यसलाई जिल्लाकै व्यवस्थित क्रिकेट मैदान बनाउन सकिन्छ ।’ यो मैदानलाई क्रिकेट मैदान बनाउन संघ र प्रदेश सरकारसँग बजेट माग गरिने उनले बताए ।

    यो मैदानॉा बेला-बेलामा क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएको छ । जिल्लामा क्रिकेटतर्फ आकर्षण बढ्दो रहेपनि खेलमैदान नहुँदा खेलाडीलाई समस्या हुँदै आएको क्रिकेट खेलाडी समिर कंडेलले बताए ।

    किर्तीपुर क्रिकेट मैदान