आँबुखैरेनी गाउँपालिकाको झण्डा सगरमाथामा फहराइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी गाउँपालिकाको झण्डा सगरमाथामा फहराइयो

    खबरपुञ्ज संवाददाता

    ११ जेष्ठ २०८०, बिहीबार

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ । आँबुखैरेनी गाउँपालिका–२ निवासी प्रकाश गुरुङले गाउँपालिकाको झण्डा सगरमाथामा फरहराएका हुन् ।

    पर्वतारोहण गाइड गुरुङले आफ्नो जन्मभूमिको पालिकाको झण्डा सगरमाथामा फहराउन पाउँदा गर्व लागेको बताए । सन् २०१४ देखि पर्यटन व्यवसायमा आबद्ध गुरुङले सन् २०१५ मा पर्वतारोहण सम्बन्धी प्रशिक्षण लिएपछि यो पेशामा लागेका थिए । गुरुङले यसअघि लघुचे, मिरा हिमाल, मनास्लु हिमाल सफल आरोहण गरिसकेका छन् ।

    उनले भने, “ आँबुखैरेनी गाउँपालिकाको प्रचारप्रसारका लागि झण्डा सगरमाथामा फहराएको हूँ ।” उनले सगरमाथाको दोस्रो पटक आरोहण गरेका हुन् ।

    पर्वतारोहण गाइडमा सुरुका दिनमा शेर्पाहरुको बर्चस्व रहँदा पनि सङ्घर्ष गर्दै अगाडी बढेको उनको भनाइ छ । उनले भने, “पर्यटनमार्फत् नेपाललाई विश्वमा चिनाउने अभियानमा छु ।”

    पर्यटन क्षेत्रबाट गाउँपालिकाको प्रचारप्रसारमा सहयोग पु¥याएबापत गाउँपालिकाले केही समय अगाडी सातौ स्थापना दिवसको अवसरमा गुरुङलाई सम्मान गरेको थियो । गाउँपालिकाको झण्डा सगरमाथामा फहराउँदा आफूहरुलाई खुसी लागेको अध्यक्ष शुक्र चुमानले बताए । उनले भने, “यसले गर्दा गाउँपालिकाको पर्यटन प्रबद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास लिएका छौ ।”

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । यस अनलाइनमा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।