क्यान्सर पीडित पौडेलको उपचारार्थ वडाध्यक्ष केसीको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    क्यान्सर पीडित पौडेलको उपचारार्थ वडाध्यक्ष केसीको सहयोग

    खबरपुञ्ज संवाददाता

    ११ जेष्ठ २०८०, बिहीबार

    दमौली । तनहुँको भानु नगरपालिका–६ सिमपानीकी क्यान्सर पीडित सुनिता पौडेल उपचारार्थ ऑबुखैरेनी गाउँपालिका-३ का वडाध्यक्ष दिनेश केसीले आर्थिक सहयोग गरेका छन् । केसीले पौडेलको उपचारमा सहयोग पुर्याउन दुई हजार पॉच सय सहयोग गरेका हुन् ।

    सबैको सहयोगले पौडेलको उपचार सम्भव हुने भएकाले आफूले पनि केही सहयोग गरेको केसीला बताए ।

    १४ महिनादेखि आन्द्रा र पाठेघरको क्यान्सर पीडित बनेकी पौडेलको उपचारमा आर्थिक अभाव भएपछि सहयोग संकलन अभियान सञ्चालन गरिएको छ।

    भानुका युवा अभियान्ता मनोजकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत् सहयोग जुटाइरहेका छन् ।

    घरको आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भएको पौडेलले बताएकी छन् । उनले हालसम्म छ पटक किमो चढाएका छिन् । क्यान्सरको उपचारका लागि शल्यक्रिया गर्नुपर्ने र धेरै रकम लाग्ने हुँदा उपचार गर्न नसकेको उनले गुनासो गरिन् ।