जङ्गली च्याउ खाँदा चिन्तुटारमा तीन बिरामी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जङ्गली च्याउ खाँदा चिन्तुटारमा तीन बिरामी

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०८०, शुक्रबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–५ चिन्तुटारमा जङ्गली च्याउ खाँदा बिहीबार तीन जना बिरामी परेका छन् । बिहान खानासँग जङ्गलबाट ल्याएको च्याउ खाँदा तीन जना बिरामी परेका हुन् ।

    बिरामी पर्नेमा ७२ वर्षीय सुकबहादुर गुरुङ, ६० वर्षीया मिन थापा र ३२ वर्षीय थमन गुरुङ रहको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

    घाइतेमध्ये सुकबहादुरलाई थप उपचारका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाइएको छ भने अन्य दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।