एलायन्स क्लवद्वारा असहायलाई खाद्यान्न सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एलायन्स क्लवद्वारा असहायलाई खाद्यान्न सहयाेग

    खबरपुञ्ज संवाददाता

    १५ जेष्ठ २०८०, सोमबार

    दमाैली । एलायन्स क्लव अफ तनहुँले व्यास नगरपालिका-५ चिन्तुटारका एक असहाय परिवारलाई खाद्यान्न सहयाेग गरेकाे छ । गणतन्त्र दिवसकाे अवसर पारेर क्लवले साेमबार विक्रम दरैकाे परिवारलाई खाद्यान्न सहयाेग गरेकाे हाे ।

    क्लवकाे सामाजिक उत्तरदायित्व वहन अन्तर्गत उक्त सहयाेग गरिएकाे क्लवका अध्यक्ष अजित पन्तले बताए । उनका अनुसार ती परिवारलाई चामल, तेल, नून, मसाला लगायतका सामग्री वितरण गरिएकाे छ ।

    क्लवले विगतका दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिँदै आएकाे छ ।