यसरी ढल्यो दमौलीको सहिदगेट (फोटो/भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    यसरी ढल्यो दमौलीको सहिदगेट (फोटो/भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    १६ जेष्ठ २०८०, मंगलवार

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको सहिदगेट भत्काइएको छ । पृथ्वीराजमार्ग विस्तार कार्यका लागि आज बिहान उक्त सहिदगेट भत्काइएको हो।

    मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त सहिदगेट भत्काएको हो।

    सडक विस्तारको काम जारी रहेकाले उक्त सहिदगेट हटाइएको हो। नेकपा (माओवादी) केन्द्रले उक्त सहिदगेटको निर्माण गरेको थियो । सहिदगेटमा तनहुँ जिल्लामा विभिन्न समयमा सहादत प्राप्त गरेका सहिदहरुको विवरण समेटिएको थियो ।