गणतन्त्र दिवसमा ५१ जनाद्वारा रक्तदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गणतन्त्र दिवसमा ५१ जनाद्वारा रक्तदान

    खबरपुञ्ज संवाददाता

    १६ जेष्ठ २०८०, मंगलवार

    दमाैली । गणतन्त्र दिवसको अवसरमा व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा आयोजित रक्तदानमा ५१ पिन्ट रगत सङ्कलन भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीकाे प्राविधिक सहयोगमा आज आयोजित रक्तदानमा ५१ जनाले रगतदान गरेका हुन् ।

    सो अवसरमा नेपाली सेना, क्याम्पसका प्राध्यापक र विद्यार्थीले रक्तदान गरेको स्ववियु सहसचिव सविन लामिछानेले जानकारी दिए । दमौली अस्पतालमा रगतको मागलाई आपूर्ति गर्नका लागि रक्तदान कार्यक्रम गरिएको उनको भनाइ छ ।

    कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नहुने भन्दै कार्यक्रम पुण्यको रहेको बताए। सो अवसरमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, कालीभञ्जन गण (इ) का गणपति प्रमुख सेनानी रामज्योति बोहोरा, क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका मन्त्री सूर्यचन्द्र हड्खले लगायतले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए ।