भानु नगरपालिकाले खाना खाजामा सक्यो ९४ लाख
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानु नगरपालिकाले खाना खाजामा सक्यो ९४ लाख

    खबरपुञ्ज संवाददाता

    १७ जेष्ठ २०८०, बुधबार

    दमौली । तनहुँको भानु नगरपालिकाले खाना तथा खाजामा ९४ लाख ७५ हजार सकेको पाइएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ मा सरकारी रकम खर्च गर्दा सो खर्चलाई पुष्टि हुने कागजात पेश गर्नुपर्नेमा नगरपालिकाले जथाभावी रुपमा खाना तथा खाजामा ९४ लाख ७५ हजार खर्च गरेको भेटिएको हो ।

    आर्थिक वर्ष २०७८÷७९ मा नगरपालिकाले खाना, खाजा तथा अतिथि सत्कारका लागि गरेको उक्त खर्च स्पष्ट प्रयोजन र आधार नखुलाई खर्च गरेको भेटिएको छ । पालिकाले यसरी हुने खर्चमा नियन्त्रण गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ । यो विवरण मलेपले गत चैतमा सार्वजनिक गरेको हो ।

    सरकारले जारी गरेको सार्वजनिक खर्चमा मितव्ययिता कायम सम्बन्धी मापदण्ड २०७७ को दफा ३ मा सार्वजनिक निकाय तथा सार्वजनिक पद धारण गरेको व्यक्तिले सरकारी कामको शिलशिलामा खर्च गर्दा कार्यालय सामान, मसलन्द, पानी, बिजुली, इन्धन विविध खर्च लगायतमा मितव्यय कायम गर्नुपर्ने प्रावधान छ ।