म्याग्देमा सामाजिक विकृति विसङ्गति विरुद्धको नाटक “सङ्कल्प” मञ्चन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देमा सामाजिक विकृति विसङ्गति विरुद्धको नाटक “सङ्कल्प” मञ्चन

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०८०, बिहीबार

    दमाैली । म्याग्दे गाउँपालिका, तनहुँकाे आयाेजना र गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चकाे संयाेजनमा आदिइत्यादि टिमकाे प्रस्तुति सामाजिक विकृति विसङ्गति विरुद्धको नाटक “सङ्कल्प” मञ्चन गरिएकाे छ ।

    म्याग्देस्थित मिन मावि र राधा माविमा बिहीबार उक्त नाटक मञ्चन गरिएकाे हाे । राधा माविमा आठ सय र मिन माविमा सात सयले नाटक अवलाेकन गरेका थिए ।

    पुरु लम्सालको लेखन/ निर्देशन रहेको नाटक “संकल्प”मा कलाकार सुशील सिंह ठकुरी, अनामिका लामिछाने, रबिन दोङ, दिपमाला परियार, शान्ति भट्टराई,प्रज्वल अधिकारी र गंगा मगरको अभिनय रहेको छ।

    त्यसैगरी जेठ १९ र २० गते श्री जनगणपति मा.वि. अधिकारि थोक धएरे, तनहूँमा पुरु लम्सालको प्रशिक्षणमा अभिनय कक्षा रहने गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए।