तनहुँका स्थानीय तहलाई सङ्घ सरकारकाे साढे चार अर्ब बजेट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तनहुँका स्थानीय तहलाई सङ्घ सरकारकाे साढे चार अर्ब बजेट

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । सङ्घ सरकारले तनहुँका स्थानीय तहलाई साढे चार अर्ब बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि सरकारले जिल्लाका दश स्थानीय तहका लागि रु चार अर्ब ४८ करोड ७५ लाख बजेट विनियोजन गरेको हो ।

    चार नगरपालिका र छ गाउँपालिकालाई अर्थ मन्त्रालयले अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत् उक्त रकम विनियोजन गरेको छ । चार नगरपालिकाका लागि रु दुई अर्ब ६५ करोड ९७ लाख र छ गाउँपालिकाका लागि रु एक अर्ब ८२ करोड ७८ लाख बजेट विनियोजन भएको छ ।

    चालु आर्थिक वर्ष २०७९÷८० भन्दा आगामी आर्थिक वर्षका लागि तनहुँमा बढी बजेट विनियोजन भएको छ । चाल आर्थिक वर्षका लागि तनहुँका स्थानीय तहलाई रु चार अर्ब ३४ करोड ८७ लाख बजेट विनियोजन भएको थियो । समग्रमा बजेट बढेपनि केही स्थानीय तहमा भन्दा चालु आर्थिक वर्षको भन्दा आगामी वर्षको बजेट घटेको छ ।

    भानु नगरपालिकाका लागि चालुतर्फ रु ५३ करोड ५८ लाख पुँजीगततर्फ रु पाँच करोड ७५ लाख गरी रु ५९ करोड ३३ लाख, भिमाद नगरपालिकाका लागि चालुतर्फ रु ३९ करोड ७४ लाख र पुँजीगततर्फ रु दुई करोड १८ लाख गरी रु ४१ करोड ३३ लाख, व्यास नगरपालिकाका लागि चालुतर्फ रु ७५ करोड २१ लाख र पुँजीगततर्फ रु २२ करोड चार लाख गरी रु ९७ करोड २५ लाख र शुक्लागण्डकी नगरपालिकाका लागि चालुतर्फ रु ४८ करोड ४० लाख र पुँजीगततर्फ रु १९ करोड सात लाख गरी रु ६७ करोड ४७ लाख बजेट विनियोजन भएको छ ।

    आँबुखैरेनी गाउँपालिकाका लागि चालुतर्फ रु २५ करोड २७ लाख र पुँजीगततर्फ रु दुई करोड ४० लाख गरी रु २७ करोड ६७ लाख, ऋषिङ गाउँपालिकाका लागि चालुतर्फ रु ३३ करोड १८ लाख र पुँजीगततर्फ रु दुई करोड ४४ लाख गरी रु ३५ करोड ६२ लाख, घिरिङ गाउँपालिकाका लागि चालुतर्फ रु २४ करोड ६८ लाख पुँजीगततर्फ रु दुई करोड ८० लाख गरी रु २७ करोड ४८ लाख, देवघाट गाउँपालिकाका लागि चालुतर्फ रु २८ करोड ५० लाख र पुँजीगततर्फ रु दुई करोड ९० लाख गरी रु ३१ करोड ४० लाख, म्याग्दे गाउँपालिकाका लागि चालुतर्फ रु २५ करोड ८२ लाख र पुँजीगततर्फ रु दुई करोड ३५ लाख गरी रु २८ करोड १७ लाख र बन्दीपुर गाउँपालिकाका लागि चालुतर्फ रु २८ करोड नौ लाख र पुँजीगततर्फ रु चार करोड ३५ लाख गरी रु ३२ करोड ४४ लाख विनियोजन गरिएको छ ।

    चाल आर्थिक वर्ष २०७९÷८० मा भानु नगरपालिकाका लागि चालुतर्फ रु ५२ करोड ७३ लाख र पुँजीगततर्फ रु पाँच करोड नौ लाख गरी कूल रु ५७ करोड ८२ लाख, भिमाद नगरपालिकाका लागि चालतुर्फ रु ३९ करोड ६१ लाख र पुँजीगततर्फ रु चार करोड ९७ लाख गरी कूल रु ४४ करोड ५८ लाख, व्यास नगरपालिकाका लागि चालुतर्फ रु ७१ करोड ३९ लाख र पुँजीगततर्फ रु १४ करोड ३८ लाख गरी कूल रु ८५ करोड ७७ लाख र शुक्लागण्डकी नगरपालिकाका लागि चालुतर्फ रु ४८ करोड २३ लाख र पुँजीगततर्फ रु नौ करोड १७ लाख गरी कूल रु ५७ करोड ४० लाख विनियोजन भएको थियो ।

    त्यस्तै आँबुखैरेनी गाउँपालिकाका लागि चालुतर्फ रु २५ करोड ३४ लाख र पुँजीगततर्फ रु तीन करोड एक लाख गरी कूल रु २८ करोड ३५ लाख, ऋषिङ गाउँपालिकाका लागि चालुतर्फ रु ३२ करोड ८३ लाख र पुँजीगततर्फ रु एक करोड ८१ लाख गरी कूल रु ३४ करोड ६४ लाख, घिरिङ गाउँपालिकाका लागि चालुतर्फ रु २४ करोड ९६ लाख र पुँजीगततर्फ रु तीन करोड ८१ लाख गरी कूल रु २८ करोड ७७ लाख विनियोजन भएको थियो ।

    देवघाट गाउँपालिकाका लागि चालुतर्फ रु २८ करोड ६४ लाख र पुँजीगततर्फ रु दुई करोड ८६ लाख गरी कूल रु ३१ करोड ५० लाख, म्याग्दे गाउँपालिकाका लागि चालुतर्फ रु २७ करोड ७९ लाख र पुँजीगततर्फ रु चार करोड ७४ लाख गरी कूल रु ३२ करोड ५३ र बन्दीपुर गाउँपालिकाका लागि चालुतर्फ रु २७ करोड ४९ लाख र पुँजीगततर्फ रु छ करोड दुई लाख गरी कूल रु ३३ करोड ५१ लाख बजेट विनियोजन भएको थियो ।