दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिकाले भ्रमणमा रु ३० लाख भन्दा बढी रकम खर्च गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा अनुगमन तथा भ्रमणमा रु ३० लाख २० हजार खर्च गरेको हो ।
तर नगरपालिकाले भ्रमणको उद्धेश्य अनुगमन तथा भ्रमण प्रतिवेदन, भ्रमण अभिलेख दूरीको विवरण, सवारी साधनको टिकट समावेश गरेको छैन । महालेखा परीक्षकको कार्यालयले अनुगमन तथा भ्रमणको सही सदुपयोग भएको छ भन्ने आधार नरहेको उल्लेख गरेको छ । मलेपले यस्तो कार्यमा सुधार गर्न सुझाव दिएको छ ।
भ्रमण खर्च नियमावली २०६४ को नियम २१ मा भ्रमण खटिने पदाधिकारी वा कर्मचारीले भ्रमण गरेपछि सोको अभिलेख अनुसूची ६ को ढाँचामा राख्नुपर्ने तथा भ्रमणलाई विश्वसनीय बनाउन आवश्यकता अनुसार आन्तरिक नियन्त्रण प्रणालीको थप व्यवस्था गर्नुपर्ने उल्लेख छ । नियम १९ मा जिल्लाभित्रको ठाउँको दूरीको विवरण राख्नुपर्ने उल्लेख छ ।