


दमौली। नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष गोरा मियॉ सम्मानित भएका छन् । नेपाल मुस्लिम संघले मियॉलाई सम्मान गरेको हो।
मुस्लिम संघका केन्द्रीय अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतार मियॉले मंगलबार दमौलीमा आयोजित कार्यक्रममा मियॉलाई सम्मान गरेका हुन् ।
नेपाल मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष मोहम्मद जब्बार मियॉ, सचिव परवेज अन्सारी लगायतले पत्रकारिता क्षेत्रको विकासका लागि मुस्लिम संघ सधै सकारात्मक रहेको बताए ।