दमौली । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँमा कार्यरत रुद्रसिं ठकुरीले छोरालाई जन्मदिनमा बीमा पोलिसी प्रदान गरेका छन् । छोरा रोनिस सिं ठकुरीको बिहीबार परेको जन्मदिनको अवसरमा बुबा रुद्रसिंले बीमा पोलिसी प्रदान गरेका हुन् ।
छोराको भविष्यमा चाहिने पढाइखर्चको व्यवस्थापनका लागि पॉच लाखको बीमा पोलिसी उपहार दिएको उनले बताए । उनले भने, ‘ हरेक आमा बुबाको सपना छोराछोरीको उज्वल भविष्य निर्माण गर्नु हो र त्यो निर्माण गर्ने क्रममा आर्थिक असहजता खेप्नु नपरोस भन्ने मुल्याङकन गरि छोराको बीमा गरिदिएको हुँ,’ उनले भने ।
रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लि शाखा कार्यालय दमौलीका शाखा प्रमुख जगदिश काफ्लेले घरमा गइ उक्त पोलिसी हस्तान्तरण गरेका थिए ।
रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडले नेपालमा निकै राम्रो सेवा र सुबिधा सम्पन्न बीमा योजना रिलायबल सुलभ बाल जीवन बीमा प्लस ल्याएको छ । यस अन्तर्गत बच्चाको बीमामा आमा अथवा बाबुको लागि पनि अतिरिक्त लिन मिल्ने सुविधा छन । जस अन्तर्गत घातक रोग सुविधा, अशक्त अपांग भत्ता सुविधा साथै दुर्घटना मृत्युमा एकमुष्ठ इच्छ्याएको व्यक्तिले पाउने सुविधा पनि छ भने बच्चाका लागि अभिभावकको मृत्युमा पढाई खर्च साथै अपांग हुँदा किस्ता छुट सुविधा पनि रहेको काफ्लेले बताए।