करको दर वृद्धि नगर्न तउवासङ्घको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    करको दर वृद्धि नगर्न तउवासङ्घको आग्रह

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँ उद्योग वाणिज्य सङ्घले जिल्लाका स्थानीय तहलाई करको दर वृद्धि नगर्न आग्रह गरेको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गरी करको दर वृद्धि नगरी तिर्दै आएको रकम नै कायम गर्न सङ्घले आग्रह गरेको छ ।

    सङ्घका कार्यसमिति, सल्लाहकार, सङ्घ अन्तर्गतका सम्पूर्ण बजार इकाइ, महिला उद्यमी विकास समिति, सङ्घमा आबद्ध वस्तुगत सङ्घका अध्यक्ष एवं प्रतिनिधि सहभागी बैठकले जिल्लाका स्थानीय तहलाई उक्त अनुरोध गर्ने निर्णय गरेको हो ।

    विभिन्न पालिकाहरूले लिईदै आएको व्यवसाय कर सम्बन्धि व्यवसायीको वस्तुगत मूल्याङ्कन वर्गीकरण र व्यवसायको आधारमा जिल्ला भरिनै एकरूपता कायम गर्न पालिकाहरूलाई अनुरोध गर्ने निर्णय भएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

    बैठकले सङ्कलन भएका कूल रकमको २० प्रतिशत सङ्घलाई उपलब्ध गराई उक्त रकम बजार इकाई अन्तर्गतका उद्योग, व्यापार, पर्यटन, प्रवद्र्धन र सामाजिक विकासका खर्च गर्ने निर्णय गरेको छ ।

    पछिल्लो समयमा बैङ्कबाट प्रवाह भएको नयाँ तथा पुरानो कर्जाहरूमा व्याजदर उच्च रहेकाले अबः प्रान्त सम्पूर्ण उद्योगी, व्यवसायीहरूलाई आधार दरमा दुई प्रतिशत मात्र प्रिमियम थप गरि ब्याजदर कायम गर्नका लागि सम्पूर्ण वित्तीय संस्थाहरूलाई ध्यानाकर्षण गर्ने निर्णय गरिएको छ ।

    उनले भने “नीजि क्षेत्र माथि आईलागेको विद्यमान आर्थिक सङ्कट र असहज परिस्थितिका बीच बैङ्कले आफ्नो फाईदा मात्र उठाउने नभई व्यवहारिक र मानवीय हिसाबले पनि नीजि क्षेत्रको सहयोगी र आर्थिक समृद्धिको साझेदारको रूपमा आफूलाई उभ्याउन आग्रह गर्ने निर्णय गरेका छौ ।”

    बैठकले कोभिड–१९ को महामारी पछि आंशिक रूपमा चलायमान हँुदै गएको आर्थिक गतिविधि पछिल्लो समय बैङ्कहरूमा देखिएको तरलता अभावका कारण ऋण प्रवाहमा गरिएको सङ्कुचन तथा कर्जा असुलीमा गरिएको कडाईका कारण व्यवसायी तहस–नहस हुने सङ्घारमा पुगेकाले धितो लिलाम तत्कालै नगर्न नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

    साथै होटल व्यवसायीहरूलाई साँझको समयमा, समय निर्धारण गरिएकामा त्यस तर्फ व्यवसायको प्रकृति हेरी समय थप गरि लचकता प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालय तनहँुलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।