दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ रसौलीमा एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान स्थायी घर भएका २५ वर्षीय खेमराज चलाउने रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आँबुखैरेनी–२ मार्कीचोकबाट भरतपुर चितवनका लागी २२० केभी हाइटेन्सनको टावर निर्माण गर्नका लागि रसौलीसम्म जान कच्ची सडक बनाउँदै गरेको अवस्थामा ग ३ क ३९७४ नम्बरको स्काभेटर अन्दाजी एक हजार पाँच सय मिटर तल खोंचमा खसेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
दुर्घटनामा सहचालक चलाउनेको घटनास्थलमा नै मृत्यु भएको हो । स्काभेटर चालक चितवन स्थायी घर भएका सुन्दर श्रेष्ठ फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।