दमौली । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ ।
मङ्गलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानी जानका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र फेला परेकी अन्दाजी २५–३० वर्षीया महिलाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले मृतक महिलाको सनाखत भएको जानकारी दिए । उक्त घटनामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनले भने, “लगभग सनाखत भएको छ, एक जनालाई अनुसन्धान गरिरहेका छौ । पूरा विवरण केही समयपछि सार्वजनिक गर्छौ ।”
अनुसन्धान प्रक्रियाका कारण मृतक महिलाको नाम र पक्राउ परेका व्यक्तिको नाम अहिले सार्वजनिक नगरिएको प्रनाउ खाँणले बताए ।
बोराभित्र हात बाँधिएको अवस्थामा ती महिला मृत अवस्थामा परेकी थिइन् । उक्त बाटो हिडडँुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।