म्याग्देमा सुत्र सफ्टवेयरमार्फत् राजस्व संकलन सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देमा सुत्र सफ्टवेयरमार्फत् राजस्व संकलन सुरु

    खबरपुञ्ज संवाददाता

    ३० जेष्ठ २०८०, बुधबार

    दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले सुत्र सफ्टवेयरमार्फत् राजस्व संकलन सुरु गरेको छ । महालेखा नियन्त्रक कार्यालयबाट सञ्चालित सुत्र सफ्टवेयरमार्फत् गाउँपालिकाले राजस्व संकलनको काम सुरु गरेको हो ।

    गाउँपालिकाका लेखा अधिकृत नवराज पोख्रेलका अनुसर अब गापा कार्यालय र ७ वटै वडामा सुत्र लागू भएपछि राजश्व संकलन बारेमा दैनिक जानकारी लिन सकिनेछ ।

    उक्त सेवाको बुधबार अध्यक्ष श्रीप्रसाद श्रेष्ठले शुभारम्भ गरेका छन् ।