दमौली । म्याग्दे गाउँपालिका-४ स्थित सुप्रिम बचत तथा ऋण सहकारीले आफ्नो १५ औ स्थापना दिवसको अवसर पारेर सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । सहकारीले सामाजिक उत्तरदायित्वको भावना अन्तर्गत म्याग्देका ३ वटा बिद्यालयलाई प्रति विद्यालय ७ हजार ५ सयका दरले कुल २२ हजार ५ सय आर्थिक सहयोग गरेको सहकारीका अध्यक्ष मनोज अधिकारीले बताए ।
सहयोग पाउनेमा म्याग्दे १ मा रहेको महेन्द्र माध्यमिक बिद्यालय , म्याग्दे २ को राधा माध्यमिक बिद्यालय र म्याग्दे ४ को मीन माध्यमिक बिद्यालय रहेको अधिकारीले बताए । सहकारी स्थापना दिवसको अवसरमा रक्तदान , स्वास्थ्य शिविर लगायतका कार्यक्रम गर्दै आएकामा यसपटक विद्यालयले बस खरिद गर्न लागेको हुँदा आर्थिक सहयोग गरेको सहकारीका उपाध्यक्ष भिमलाल श्रेष्ठले बताए ।
सहकारीले मुख्य कार्यकारी रहेको थर्पु तथा शाखा कार्यालय रहेको गुणादी सेवा केन्द्रबाट पहिलो सेवा लिने सेवाग्राहीलाई सम्मान गरेको सहकारीका व्यवस्थापक रमेश श्रेष्ठले बताए ।