भानुकाे बडहरेमा बस र कार ठोक्किदा पाँच घाइते, तीन गम्भीर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुकाे बडहरेमा बस र कार ठोक्किदा पाँच घाइते, तीन गम्भीर

    खबरपुञ्ज संवाददाता

    ९ असार २०८०, शनिबार

    दमाैली । डुम्रे बेसीशहर सडकखण्ड अन्तर्गत तनहुँको भानु नगरपालिका–९ बडहरेमा शनिबार बस र कार ठोक्किदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ भने दुई जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    बेसीशहरबाट डुम्रेतर्फ आउँदै गरेको प्र.३–१०२४ च ९८३७ नम्बरको कार र विपरित दिशाबाट जाँदै गरेको ग १ ख ४३७५ नम्बरको बस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा कार चालक सहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

    घाइते हुनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–१४ बस्ने कार चालक ३९ वर्षीय ललितमान रुम्बा, सोही ठाउँका ४१ वर्षीय रन्जन राना, ६५ वर्षीय झम्क गौतम, ५० वर्षीय मधुकर कार्की, ३४ वर्षीय विवेक गौतम रहेका छन् । घाइते सबैको चितवनस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको छ ।

    घाइतेमध्ये विवेक र ललितमान बाहेक अन्य सबैको अवस्था गम्भीर रहेको छ ।