रिलायबल नेपाललाई ट्रिपल बी प्लस रेटिङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    रिलायबल नेपाललाई ट्रिपल बी प्लस रेटिङ

    खबरपुञ्ज संवाददाता

    १० असार २०८०, आईतवार

    काठमाडौ । साधारण सेयर निष्कासनका लागि तयारीमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले केयर रेटिङबाट ‘केयरएनपी ट्रिपल बी प्लस’ रेटिङ पाएको छ। 

    ट्रिपल बी प्लस रेटिङ पाउनुको अर्थ कम्पनी वित्तीय दायित्व निर्वाह गर्न सक्षम मानिन्छ। गत आवमा कुल बिमाशुल्क आम्दानी ३२ प्रतिशतले वृद्धि भएर चार अर्ब चार करोड ४० लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ। अघिल्लो आवमा दुई अर्ब ८८ करोड ८० लाख रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकोमा गत आवमा तीन अर्ब ८२ करोड ९० लाख रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेको छ। 

    गत दुई आवमा बिमालेख नवीकरण अनुपात ९४ प्रतिशत रहेको छ। प्रथम वार्षिक शुल्क आम्दानी १० प्रतिशतले वृद्धि भएको थियो। कम्पनीको कुल बिमा व्यवसायमा सर्वाधिक बिमा योजनाको हिस्सा ७४ प्रतिशत रहेको छ।

    आ.व. ०७८/७९ मा कम्पनीले मुनाफाबाट ३४ करोड २० लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । यसैगरी गत आवमा सेयरधनी कोषमा खुद मुनाफाबाट २९ करोड ९० लाख रुपैयाँ जम्मा भएको छ। गत आव ०७८/७९ मा दुई अर्ब ९९ करोड रुपैयाँ आम्दानी रहेकामा चालू आर्थिक वर्षको तेस्राे त्रैमाससम्ममा कम्पनीको कुल बिमा शुल्क आम्दानी दुई अर्ब ७४ करोड १० लाख रुपैयाँ रहेको छ।

    लगानीबापतको प्रतिफलमा ६२ प्रतिशतले वृद्धिका कारण कम्पनीको खुद नाफा गत आवको पहिलो नौ महिनाको तुलनामा वृद्धि भएको छ । चालू आव ०७९/८० को चैत मसान्तसम्ममा रिलायबल नेपालले २८ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको कम्पनीले जनाएको छ।