व्यास नगरपालिकाको बजेट रु एक अर्ब ५९ करोड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    व्यास नगरपालिकाको बजेट रु एक अर्ब ५९ करोड

    खबरपुञ्ज संवाददाता

    ९ असार २०८०, आईतवार

    दमाैली । तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु एक अर्ब ५९ करोड ३१ लाख एक हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको आज आयोजित नगरसभामा उपप्रमुख इन्दिरा दरैले आगामी आर्थिक वर्षका लागि उक्त अनुमानित आयव्यय प्रस्तुत गरेकी हुन् ।

    जसमध्ये चालुतर्फ रु ९० करोड ८६ लाख ९६ हजार र पुँजीगतर्फ रु ६८ करोड ४४ लाख पाँच हजार विनियोजन गरिएको छ । कूल बजेटको ५७.०४ प्रतिशत चालुतर्फ र ४२.९६ प्रतिशत बजेट पुँजीगतर्फ विनियोजन गरिएको छ ।