दमाैली । तनहुँको ऋषिङ गाउँपालिका–१ गैह्राखुदीकी २८ वर्षीया उमा आले चार दिनदेखि सम्पर्कविहिन भएकी छन् । शुक्रबार बिहान घरबाट हिँडेकी उनी त्यसपछि घर नआएको उनका श्रीमान् रोशन आलेले जानकारी दिए ।
उनीहरुका तीन वर्षीय छोरा छन् । फोन सम्पर्क गर्दा फोन अफ भएको रोशनले बताए । कतै देखे वा भेटे नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले आग्रह गरेको छ ।