दमाैली । तनहुँ सदरमुकाम दमाैलीमा अवस्थित दमाैली अस्पतालकाे व्यवस्थापन खस्किँदा सर्वसाधारणले सास्ती पाएका छन् । एक वर्षयता निमित्तकाे भरमा सञ्चालन भएकाे अस्पतालकाे सेवासँगै व्यवस्थापन खस्किदा सर्वसाधारणले सास्ती खेपेका हुन् ।
गर्मी बढेसँगै अस्पतालमा बिरामीकाे सङ्ख्या बढेका छन् । तर बिरामीले सहज रुपमा सेवा पाउन नसकेकाे गुनासाे बढेकाे छ ।
छाेरी बिरामी भएर दमाैली अस्पताल पुगेका व्यास नगरपालिका-३ का एक युवाले अस्पताललाई नै उपचारकाे खाँचाे रहेकाे बताए । उनले भने, ‘अस्पताल आफै बिरामी छ । सर्वसाधारणले कहाँबाट उपचार पाउने ?’
अस्पतालकाे पङ्खा नचल्दा झनै सास्ती भएकाे उनकाे भनाइ छ । ‘छाेरी त बिरामी छन् नै हामी पनि बिरामी भइएला जस्ताे भयाे,’ उनले भने । यसबारेमा अस्पतालका जिम्मेवार व्यक्तिलाई जानकारी गराउँदा घरबाट टेवल फ्यान लिएर आउनु भनेकाे उनले गुनासाे गरे ।
दमाैली अस्पताललाई स्वास्थ्य मन्त्रालयमार्फत् मर्मत खर्च आउने गरेपनि अस्पतालले मर्मत नगर्ने गरेकाे बताइन्छ ।