तनहुँका १२ खेलाडीले राष्ट्रिय आइटिएफ तेक्वान्दाेमा सहभागी जनाउँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँका १२ खेलाडीले राष्ट्रिय आइटिएफ तेक्वान्दाेमा सहभागी जनाउँदै

    खबरपुञ्ज संवाददाता

    १५ असार २०८०, शुक्रबार

    दमाैली । तनहुँका १२ खेलाडीले राष्ट्रिय आइटिएफ तेक्वान्दाेमा सहभागी जनाउने भएका छन् । भक्तपुरकाे गठ्ठाघरमा शुक्रबारदेखि सुरु भएकाे राष्ट्रिय आइटिएफ तेक्वान्दाेमा तनहुँमा १२ खेलाडी सहभागी छन् । उनीहरुले गण्डकी प्रदेशकाे प्रतिनिधित्व गरेका छन् ।

    प्रतियाेगितामा सुजन तामाङ – (२०-२५) केजि स्पाइरिङ, राज बैदेश – (३६-४० ) केजि स्पाइरिङ / ग्रीन बेल्ट एकल प्याट्रन, अङ्कित गुरुङ – (४०-४५) केजि स्पाइरिङ / ब्लु बेल्त एकल प्याट्रन, सुमित श्रेष्ठ – ( ४६-५० ) केजि स्पाइरीङ, अनिश थापा – रेड बेल्त एकल प्याट्रन, सर्गम परियार – (२०-२५) केजि स्पाइरिङ, नेन्सी बि क (२६-३०) केजि स्पाइरिङ, सलका श्रेष्ठ – ( ३१-३५ ) केजि स्पाइरिङ / ब्लु बेल्त एकल प्याट्रन, बिपिका रोका – ( ३६-४० ) केजि स्पाइरिङ, मोनिका कुवर – (४१-४५) केजि स्पाइरिङ / रेड बेल्ट एकल प्याट्रन, जेनिशा गुरुङ – (४६-५०) केजि स्पाइरिङ / ग्रीन बेल्ट प्याट्रन
    मा सहभागी हुँदैछन् ।