लेदो खसेर छिर्कनेमा कार फस्याे, पृथ्वीराजमार्ग अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लेदो खसेर छिर्कनेमा कार फस्याे, पृथ्वीराजमार्ग अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    १५ असार २०८०, शनिबार

    दमाैली । पहिराका कारण पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनमा बाटो अवरुद्ध भएको छ । आज रातिदेखि परेको वर्षाका कारण छिर्कनेमा लेदो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको हो ।

    लेदो माटोका कारण छिर्कनमा एउटा कार हिलोमा फसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । लेदो हटाएर राजमार्ग सुचारु गराउने काम भइरहेको उनले बताए ।

    उनले भने, “लेदोका कारण कार फसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । लेदो फालेर राजमार्ग खुलाउने काम भइरहेको छ ।” जिल्लाका अन्यत्र भने राजमार्गमा कुनै अवरोध नभएको उनकाे भनाइ छ ।

    तनहुँमा पछिल्लो तीन घण्टामा भारी वर्षा मापन भएको छ । वर्षाका कारण खोला तथा नदीमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।