लायन्स क्लव म्याग्देका अध्यक्ष गौरवलाई पद हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    लायन्स क्लव म्याग्देका अध्यक्ष गौरवलाई पद हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    १५ असार २०८०, शनिबार

    दमौली । लायन्स क्लव अफ तनहुँ म्याग्देका अध्यक्ष गौरवराज रानालाई पद हस्तान्तरण गरिएको छ । वर्ष २०२३/२४ का लागि अध्यक्ष चयन भएका रानालाई शनिबार वर्ष २०२२/२३ का अध्यक्ष सुन्दरमणि अधिकारीले पद हस्तान्तरण गरेका हुन् ।

    रानाको कार्यकाल शनिबारबाट सुरु भएको छ। केही समय अगाडी सम्पन्न चौथो अधिवेशनबाट सतप्रतिशत भोट सहित राना वर्ष २०२३/२४ का लागि अध्यक्ष चयन भएका थिए ।

    क्लवको प्रथम उपाध्यक्षमा पशुपति अर्याल, द्वितीय उपाध्यक्षमा सन्जिव घिमिरे, तृतीय उपाध्यक्षमा पोष्टमान श्रेष्ठ, सचिवमा तेजकुमारी श्रेष्ठ, सहसचिवमा शंकर मल्ल, कोषाध्यक्षमा सुदर्शन अधिकारी, सहकोषाध्यक्षमा सागर खनाल, पब्लिक रिलेशन अफिसरमा नुक्त भुजेल र क्लव प्रशासकमा चित्रबहादुर शाही चयन भएका छन् ।