अधिकारीद्वारा छाेरालाई जन्मदिनमा बीमा पाेलिसी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अधिकारीद्वारा छाेरालाई जन्मदिनमा बीमा पाेलिसी

    खबरपुञ्ज संवाददाता

    १५ असार २०८०, शनिबार

    दमौली । औषधी व्यवसायी विनोद अधिकारीले छोराको जन्मदिनमा १० लाखको बीमा पोलिसी हस्तान्तरण गरेका छन् । व्यास नगरपालिका-२ निवासी विनोद र समिर्ष्टा थापाले छोराको जन्मदिनको अवसरमा १० लाखको जीवन बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।

    छोराको भविष्यमा चाहिने पढाइखर्चको व्यवस्थापनका लागि दश लाखको बीमा पोलिसी उपहार दिएको अधिकारीले बताए । उनले भने, ‘ हरेक आमा बुबाको सपना छोराछोरीको उज्वल भविष्य निर्माण गर्नु हो र त्यो निर्माण गर्ने क्रममा आर्थिक असहजता खेप्नु नपरोस भन्ने मुल्याङकन गरि छोराको बीमा गरिदिएको हुँ,’ उनले भने ।

    रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लि शाखा कार्यालय दमौलीका शाखा प्रमुख जगदिश काफ्लेले घरमा गइ उक्त पोलिसी हस्तान्तरण गरेका थिए ।

    रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडले नेपालमा निकै राम्रो सेवा र सुबिधा सम्पन्न बीमा योजना रिलायबल सुलभ बाल जीवन बीमा प्लस ल्याएको छ । यस अन्तर्गत बच्चाको बीमामा आमा अथवा बाबुको लागि पनि अतिरिक्त लिन मिल्ने सुविधा छन । जस अन्तर्गत घातक रोग सुविधा, अशक्त अपांग भत्ता सुविधा साथै दुर्घटना मृत्युमा एकमुष्ठ इच्छ्याएको व्यक्तिले पाउने सुविधा पनि छ भने बच्चाका लागि अभिभावकको मृत्युमा पढाई खर्च साथै अपांग हुँदा किस्ता छुट सुविधा पनि रहेको काफ्लेले बताए।