दमौली । तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजार र तुरतुरे बजारको बीचमा बुधबार साँझ पहिरो खस्दा अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।
सडकभन्दा एक सय मिटर माथिबाट सुक्खा पहिरो खसेर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएकामा राति ११ बजेबाट एकतर्फी सञ्चालनमा आएको हो ।