दमौली । व्यास नगरपालिका-४ स्थित दमौली मुस्लिम अन्जुमन कमिटीको अध्यक्षमा हाजि जमालदिन मिया सर्वसम्मत चयन भएका छन् ।
शनिबार सम्पन्न कमिटीको १६ औ अधिवेशनबाट मिया अध्यक्षमा चयन भएका छन् । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा हाजि इब्राहिम मिया, उपाध्यक्षमा रमजान अली, सचिवमा मन्सुर अहमद, कोषाध्यक्षमा मोहम्मद सिद्धिक मिया, सहसचिवमा हाजि हबिबुल्ला मिया चयन भएका छन् ।
सदस्यहरुमा मोहम्मद अली मिया, रजिम मिया, हाजि नुर खान, सर्फुदिन मिया, मोहम्मद सलिम मिया, मोहम्मद गफ्फार मिया, असकर मिया, मुन्ना मिया, ताज महम्मद मिया, वाहिद खान र याकुब मिया चयन भएका छन्।
हाजि रजक मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इमाम शेरमोहम्मद मिया, निर्वाचन कमिटी संयोजक गोरा मिया लगायतले मन्तव्य राखेका थिए ।