दमाैली । तनहुँका भानु नगरपालिका-१० स्थायी ठेगाना भई हाल व्यास -४ शितलचोक बस्ने अर्जुन सुनारले पत्नीकाे जन्मदिनमा आमा र छाेराका लागि बीमा पाेलिसी हस्तान्तरण गरेका छन् ।
उनले श्रीमती मनिषा सुनारकाे जन्मदिनकाे अवसरमा शनिबार आमा साथै छोराको लागि सँगै सुरक्षा हुने बीमालेख रिलायबल सुलभ बाल जीवन बीमा प्लस गिफ्ट उपहार दिएका हुन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा रहेको बच्चाको बीमा योजनाले आफूलाई आकर्षित गरेकाे उनले बताए ।
बच्चाको पढाइ खर्चको जोहो सजिलो बनाउनको लागि केहि बचत गर्ने योजनामा बीमा रिलायबल रोजेको उनी बताउँछन् ।
बचत पनि सुरक्षा पनि जीवित रहँदा र मृत्यु पश्चात पनि परिरवारकाे आर्थिक सुरक्षा भएकाे रिलायबल नेपाल लाइफ इन्स्याेरेन्स दमाैलीका प्रमुख जगदीश काफ्लेले बताए ।
काफ्ले र सिनियर एजेन्सी म्यानेजर राजकुमार श्रेष्ठ बीमितको घरमै गइ पोलिसी हस्तान्तरण गरेका थिए ।