ऑखा पाक्ने रोग : लक्षण र बच्ने उपाय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    ऑखा पाक्ने रोग : लक्षण र बच्ने उपाय

    डा. सन्जिव अधिकारी

    १७ श्रावण २०८०, बुधबार

    गर्मीयाम र मौसम परिवर्तन सुरुभएसँगै तनहुँमा आँखा पाक्ने रोगको प्रकोप बढेको छ। आँखाका रोगको प्रकोप बढेपछि आँखा अस्पतालहरुमा विरामीहरुको संख्या वृद्धि हुँदै गएको छ। आँखाको उपचारका लागि आउने मध्ये अधिकांशमा आँखा पाक्ने(conjunctivitis )रोगको संक्रमण देखिएको छ आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि विषेषगरि १८ वर्ष मुनिका बालबालिकाहरु बढी प्रभावित भएका छन् यसको उपचारका लागि औषधि प्रयोग गर्ने, कालो चस्मा लगाउने र आँखामा दैनिक पानी छ्याप्नुपर्ने जस्ता नियमित उपचार गर्न बिरामीलाई दृष्टि विशेषज्ञहरुले सुझाव दिएका छन्।

    लक्षण
    – आँखा रातो हुने
    – आँखा चिलाउने
    – आँखाबाट रगत मिसिएको आँसु आउने
    -आखाँमा चिप्रा आउन्ये
    – ज्वरो आउने
    – घाँटी दुख्ने
    – स्वर भासिने

    कसरी बच्ने ?
    – भीडभाडमा जाँदा चश्माको प्रयोग गर्ने
    – संक्रमितले प्रयोग गरेका रुमाल तथा अन्य सामग्री साटासाट नगर्ने
    – संक्रमित व्यक्तिको नजिक नबस्ने
    – संक्रमितका बिच्छ्यौना प्रयोग नगर्ने
    – संक्रमित किरामीले औषधि प्रयोग गरेपछि हात धुने
    – भीड हुने ठाउँ स्कुल, चलचित्र हलमा नजाने

    विशेषगरि स्कुले बालबालिकामा संक्रमण बढी देखिएकाले आँखा पाकेमा स्कुल नपठाउने र अभिभावकलाई संक्रमितले प्रयोग गरेको मोबाइल, कलम, रुमाल जस्ता वस्तुबाट भाइरस अन्यमा सरेपनि नजर मिलाउँदैमा वा हेराहेर गर्दैमा यो संक्रमण भने सर्दैन।