राप्रपाले व्यासका सबै वडामा संगठन सुदृढीकरण गर्ने, नगर सचिवमा लामिछाने चयन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    राप्रपाले व्यासका सबै वडामा संगठन सुदृढीकरण गर्ने, नगर सचिवमा लामिछाने चयन

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०८०, बिहीबार

    दमौली । राप्रपाले व्यास नगरपालिकाका सबै वडामा नवीन राप्रपाको अवधारणा र संगठन सुदृढीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । राप्रपा व्यास नगर समितिले बिहीबार दमौलीमा आयोजना गर्ने नगरस्तरीय प्रशिक्षण कार्यक्रमले आगामी छ महिनाभित्र १४ वटै वडामा संगठन सुदृढीकरण गर्ने निर्णय गरेको हो ।

    देशमा भईरहेको चरम भ्रष्टाचार, बेथिति र कुशासनको भण्डाफोर अभियान चलाउने निर्णय भएको राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले जानकारी दिए ।

    यसैगरी नगर कमिटीमा रिक्त रहेको सचिव पदमा व्यास-५ पाटन निवासी दिनेश लामिछाने चयन भएका छन् ।

    नगर अध्यक्ष आइतबहादुर घलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय कार्य सम्पादन समितका सदस्य तथा केन्द्रीय प्रतिनिधि जयलाल पुन, केन्द्रीय सदस्य गौमाया श्रेष्ठ, प्रदेश उपाध्यक्ष चन्द्रावती पन्थ, जिल्ला अध्यक्ष विनोद घर्ती लगायकले पार्टीको भावी कार्ययोजना र रणनीति बारेमा बोलेका थिए।