व्यासका मेयरलाई खुल्ला पत्र : कहिलेसम्म रिस्तीबासी बत्तिमुनिको अँँध्यारोमा बस्ने ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    व्यासका मेयरलाई खुल्ला पत्र : कहिलेसम्म रिस्तीबासी बत्तिमुनिको अँँध्यारोमा बस्ने ?

    नवीनराज पाैडेल

    १८ श्रावण २०८०, शुक्रबार

    आदरणीय व्यास नगरपालिकाका मेयर बैकुन्ठ न्यौपाने ज्यू, जय नेपाल

    भेटेरै कुरा गर्ने तीव्र चाहाना थियो तर मनको हुटहुटीले खुल्ला पत्र लेख्न बाध्य पार्यो मन दुखे माफ गर्नुहोला । तपाईको जित संगै विजय जुलुस मनाउँदा अत्यन्तै खुशि थिए र छु पनि । दोश्रो कार्यकालको लागि कडा प्रतिस्प्रर्धामा चुनाब जितेको दिनबाटै तपाई जनताको घर दैलोमा समस्या समाधान गर्दै हिडेको देख्दा ब्यास नगरपालिकाले सच्चा, परिश्रमी र कर्मठनिष्ट उम्मेदवार पाएको महशुस गरेको थिए ।

    मेयर ज्यू जनता जनार्दन हुन् । अघिल्लो योजना पूरा हुनुपर्छ भन्दै जनताले यसपालि अरू दललाई पछार्दै कुशल व्यक्तिको छनौट गरेको हो । एमाले सहितको बलियो स्वतन्त्र गठबन्धनलाई परास्त गर्दै यसपाली कांग्रेसको तर्फबाट तपाईंले कडा टक्करमा विजय हुने चानचुने कुरा होईन । थिएन पनि । अवसरवादी, आत्मघाती र कांग्रेस भित्रका भाईरसहरूलाई गतिलो थप्पड हो ।

    पार्टीको हैसियत संगै तपाईंको व्यक्तिगत पहिचान, लगनशीलता र कर्तव्यनिष्ठताका कारण जनताले हजुरलाई चुनेको हो भन्ने मैले बुजेको छु । तपाईं प्रति जनताको धेरै आशा अनि भरोसा छ । मलाई पूरा बिश्वास छ तपाईं त्यो अग्नि परिक्षामा खरो उत्रनु हुनेछ । हिजोको ५ बर्षमा पूरा नभएका कार्ययोजनाले अबको ५ बर्षमा पुर्णता पाउनेछ ।

    याद रहोस् मेयरज्यू हजुरले बोलेका र गरेका बाचा हामीसँग सामाजिक संजालमा सुरक्षित छन् । तपाईं पेशाले वकिल र प्राध्यापक हुनुहुन्छ । एउटा मध्यम परिवारबाट तनहुँको राजनीतिमा आउनु भएको हो भन्ने बुझेको छु । गरिबी, भोक, प्यास र बिपन्नतालाई नजिकैबाट नियाल्नु भएको छ ।

    भोकानाङ्गा र दिनदुःखीको पिडालाई नजिकबाट बुझ्नु भएको छ । सबैलाई एक साथ समेटेर लैजान सक्ने हजुरमा क्षमता छ । जुन चाहना जनताले राखेका छन् । हाम्रो चाहना नेताले हामीलाई पैसाको मुठो बाडुन् भन्ने कदापी होईन । हाम्रो शहर विकास र समृद्धिसँग जोडिएको, बाटो, शिक्षा स्वास्थ्य, बिजुली पानी हरेक घरले भोगचलन गर्न पाओस् । शान्ति सुरक्षाको महशुस गर्न पाईयोस् । जातिय, धर्मिक, लैङ्गिक, सामाजिक मतभेदको अन्त्य होस् । हरेक धर्मको सम्मान होस सबै मिलिजुली बस्न पाइयोस् । हाम्रो नगरले विकासका पुर्वाधार चुम्न सकोस् । जनताको चाहना यति हो भन्ने मैले राम्रोसंग बुझेको छु ।

    केहि महिनादेखि म मेरो पुख्यौली जन्मथलो स्याहार सुसार गर्दैछु त्यो हजुरले विकास गर्न बाचा गरेको र तपाईलाई रिपोलिङ हुदा उत्साहजनक मतान्तर सहित जित निकाल्न सघाएको वडा हो ब्यास –८ रिस्ती, जुन बहालवाला राष्ट्रपति रामचन्द्र पौडेलज्युको समेत जन्मथलो हो ।
    विकासको दृष्टीले अत्यन्तै नाजुक र पछि परेको सर्बबिदितै छ । नेपाली राजनितीमा सधै शिर्ष भुमिकामा रहँदा रामचन्द्र पौडेलले जिल्लाको सुदुर उत्तरमा पर्ने यो वडाको बृहत्तर हितमा काम नगर्नु भएको होईन । ठुला काम थालनी भए तर अधुरा रहे । देशमा बर्बर द्वन्द्द हुदा हुनेखाने धेरै बसाई सरे । कम जनसंख्या र भौगोलिक कठनाई विकास बाधक बन्यो । त्यै पनि उहाँको जोड बिशेष र स्मरणिय नै छ र थियो पनी । अब सक्रिय राजनीति त्यागेर सम्माननीय पदमा बसेपछि उहाँको दायित्व समेत बहन गर्ने अभिभारा तपाईमा आएको छ तर तपाईले चुनाबमा घोषणा गरेका साना मसिना काम समेत नगर्दा र बेवास्ता गर्दा बत्ति मुनिको अध्यारो भएको छ रिस्ती ।

    मेयरज्यु तनहुँ हुदै जाने कालिका मार्गको काम थालनी भएको छ कालान्तरमा बन्दै जाला तर वडा सम्म लमजुङबाट छोएको पहुँचमार्ग पिच गर्न कस्ले रोक्यो ? जवाफ खोजेका छन् जनताले । आजसम्म रिस्ती उपत्यकामा डक्टर वा एच ए सहितको स्वास्थ्य चौकी छैन सामान्य उपचार समेत गर्ने ठाँउ छैन । यो वडाका बासिन्दा नगरपालीका होईनन् कि यिनीहरू अर्कै दर्जाका हुन् ? केहिदिन अघि वडा भवनमा सामान्य काम परेर छिरेको थिए वडामा बसेकै समय बेजोडको पानी पर्यो वडा कार्यालयमा पानी चुईएको दृश्य देखेर म त मुकदर्शक थिए वडाध्यक्ष स्वयं फेसबुक लाईभ गर्दैहुनुहुन्थ्यो उहाँलाई बिचरा भन्ने बाहेक म संग अरू कुनै शब्द थिएन । वडा भवन आजसम्म किन बनेन भनेर प्रश्न गर्ने त आटै आएन यो सायद मेरो जिवनकै अविष्मरणिय घटना होला । मेयर ज्यु तपाईको मेनफेस्टमा यो बन्ने कुरा लेखिएको थिएन र ??

    तपाईंले विकास उन्मुख देश र भू–भागको सफल भ्रमण गरिसक्नु भएको छ । देश विकास र राष्ट्र राष्ट्रियतालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कार्य योजनाको स्पष्ट खाका कोर्न सक्नु हुन्छ । कसरी विकासको चरमचुलीमा पुग्न सकिन्छ भन्ने राम्रो ज्ञान हजुरमा छ । हजुर कुशल अनि सक्षम हुनुहुन्छ भन्ने बिश्वासका साथ जनताले हजुरलाइ विजयी गराएका हुन् ।

    हाम्रो वडाको नमुना र ऐतिहासिक बस्ती हो शहिद बस्ती पुलिमराङ जुन ठाँउ धेरै भुपु सैनिक, अब्बल दर्जा र बिशिष्ट ब्यक्तित्वहरूलाई जन्माएको थलो हो । नेपाली लोकतान्त्रिक आन्दोलनको झिल्को कोरिएको शहिदको रगत सिञ्चित भुगोल हो । यो गाउँ र ठाँउमा नपुग्ने सायदै होलान् पुगेपछि अत्यन्तै रमणिय छ ठाउँ । तर के यो ठाँउका मानिस बर्खामा बिरामी हुदैनन् हो ?? कि हिउदमा मात्र आवतजावत गर्छन् मैले बुझिन उनिहरुले खोजेका केहि छैनन् पिच बाटो पनि होईन उच्च स्तरिय ग्राभेल बाटो जहाँ हिउद बर्खा सधै गाडी चलोस् । बिडम्बना पानी परे तलै बास बस्नुपर्ने तर बस्ने ठाउ छैन अनि हिडेरै घर पुग्नुको बिकल्प छैन उनिहरू संग अब भन्नुस यो सामान्य समस्या हल कसले गर्ने कि स्थानिय सरकार हेरिरहने अरूले स्वाद फेरिरहने हो ?? मेयर ज्यु प्रदेश र संघिय सरकारमा जान पनि त तपाईको पहल र दायित्व बढि हुन्छ होईन र संगै प्रदेश र संघका प्रतिनिधिलाई पनि यो प्रश्न सोधौला ।

    मुटुभरी घरपरिवारको सम्झना मन भरी देशको माया बोकेर आँसुको धाराले मुख पुछ्दै दिनहुुँ हजारौंको संख्यामा विदेशीने युवाको आशाको दियो बन्नपर्छ तपाईं । आफ्नै सन्तानबाट अपहेलित भएर घरबाट निकालिएका वृद्धबावु–आमाको भरोसाको खम्बा हुनुपर्दछ तपाईं । अन्यायमा परेका चेलिबेटीको माइती बन्नपर्छ तपाईं । बेरोजगारीको पिडामा छ्टपटाइ रहेका युवाको बलियो आधारशिला हो तपाई । बर्सौदेखि पिछडिएका रोग, भोकसंग पैठ्यजोरी खेलिरहेका तनहुँका जनताका मेयर हुनुहुन्छ तपाई ।

    त्यसैले आफ्नो प्रतिवद्धतामा कत्ति पनि बिचलित नभएर काम र कर्तव्य पुरा गर्दै जानु । हरेक समयमा जनतासंग हातमा–हात मिलाएर अगाडि बढ्नु । अबको ४ बर्षमा नेपालकै नमुना शहर भनि ब्यास नगरपालिकालाई चिनाउने काम गर्नु । विकसीत शहरको रुपमा देश विदेशमा चिनियोस् हाम्रो तनहुँ । राजनीतिलाई फोहोरी खेल भन्दै देश बिकासको हातेमालोबाट पन्छिन खोज्ने युबाहरुलाई मुलधारमा ल्याएर राजनीति भित्र सबै खराब, गलत र अबसरबादी आचरण भएको ब्यक्ति मात्रै होइनन् लौ है बैकुण्ठ जस्ता होनहार र कर्तब्यनिष्ठ ब्यक्ति पनि छन् भनेर अलग छवि कायम गर्न सक्नु । अब आउने चुनाबमा भोट माग्न घर–घर जान नपरोस् ।

    जनता इच्छाले कांग्रेसलाई नै भोट हाल्न आतुर हुन् । ब्यास नेपालकै नमुना शहर बनोस् । अहिले मात्र होइन तनहुँबासीले आगामी सयाँै बर्षसम्म बैकुण्ठ बैकुण्ठ भनुन् । हजुरले भने जस्तै रोजगारीको शहर बनोस् दमौली युवा व्यवसायीकको गन्तव्य बनोस् दमौली, सफा स्वच्छ र हराभराको पहिचान बनोस दमौली, फुलैफुलको बगैचा भनेर नेपालमा मात्र होईन विश्व सामु अलग पहिचननसहित चिनियोस् । हाम्रो तनहुँ समृद्ध र राम्रो तनहुँ भन्दै बाँकी कार्यकाल सफलताको हार्दिक शुभकामना ।
    उही तपाईको शुभचिन्तक
    नवीनराज पौडेल
    अध्यक्ष –रिस्ती विकास समाज
    ब्यास–८,रिस्ती ,तनहुँ ।