देवघाट प्रकरणमा छानबिन हुन्छ : प्रहरी उपरिक्षक विष्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाट प्रकरणमा छानबिन हुन्छ : प्रहरी उपरिक्षक विष्ट

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०८०, शनिबार

    दमाैली । जिल्ला प्रहरी कार्यालय तनहुँले देवघाट गाउँपालिका–५ साँढेबगरमा शुक्रबार भएको घटनाको छानबिन गर्ने भएको छ । साँढेबगरका बुद्धसिं गुरुङको घरमा गैडाको खाग लुकाएर राखिएको भन्दै प्रहरीले शुक्रबार खानतलासी गर्दा खागको आकारको काठको टुक्रा भेटिएको थियो ।

    स्थानीयवासीले शनिबार दिउँसो इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी सहायक निरीक्षक बोजनारायण श्रेष्ठले फसाउन खोजेको भन्दै कार्यालयमा धर्ना दिएका थिए । नाराबाजी सहित सयौको सङ्ख्यामा उपस्थित स्थानीयवासीले प्रसनी श्रेष्ठलाई कारवाहीको माग गरेका थिए ।

    उक्त घटनामा जिल्ला प्रहरी कार्यालय तनहुँले छानबिन गर्ने जनाएको छ । निज श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय तनहुँमा बोलाइएको छ । देवघाटमा बसेर काम गर्ने वातावरण नभएपछि निजलाई जिल्ला बोलाइएको प्रहरी उपरिक्षक अवदेश विष्टले जानकारी दिए । उनले भने, “त्यहाँ बसेर जनताको काम गर्ने वातावरण नभएपछि उनलाई जिल्लामा बोलाइएको छ, आरोप लगाइसकेपछि छानबिन हुन्छ ।”

    विष्टले बिना कारण प्रहरीले जनतालाई फसाउने काम नगर्ने बताए । उनले भने, “निज व्यक्तिसँग प्रहरी सहायक निरीक्षकको चिनजान पनि छैन, रिसिइबी छैन किन उसले त्यस्तो गर्छ ।”