दमौली । दमौली अस्पतालमा बिहान ९ बजेदेखि नै ऑखा परीक्षण सुरु गरिएको छ । केही समययता ऑखा पाक्ने रोगको संक्रमण बढेपछि अस्पताल व्यवस्थापन समितिले बिहीबारदेखि बिहान ९ बजेसम्म सॉझ ९ बजेसम्म ऑखा परीक्षण सुरु गरेको हो ।
यसअघि बिहान १० बजेदेखि ऑखा परीक्षण हुने गरेको थियो । जसका लागि दिउँसो १२ बजेसम्म मात्रै टिकट काट्न सकिने व्यवस्था थियो । तर बिहीबारदेखि भने ९ देखि ५ बजेभित्र जतिबेला पनि टिकट काटेर ऑखा परीक्षण गर्न सकिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिए ।
उनले भने, ‘ऑखा रोगको संक्रमण बढेसँगै ऑखा परीक्षणका लागि दैनिक सयौको सङ्ख्यामा बिरामी आउँछन् । चाप बढेकाले यो व्यवस्था गरेका हौ ।’
ऑखा उपचार केन्द्रमा एक जनामात्रै कर्मचारी रहेकाले केही समयका लागि थप एक जना कर्मचारी व्यवस्था गर्न लागिएको थापाले बताए।