दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाको आयोजनामा सञ्चालित आँखा शिविरबाट छ सय ७७ लाभान्वित भएका छन् । आँखा पाक्ने रोगको सङ्क्रमण बढिरहेका बेला गाउँपालिकाले विभिन्न वडामा पुगेर आँखा शिविर सञ्चालन गरेको हो ।
सात ठाउँमा आयोजित शिविरबाट विभिन्न विद्यालयका विद्यार्थी तथा सर्वसाधारणको आँखा परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए।
भरतपुर अस्पतालमा दृष्टि विशेषज्ञको प्राविधिक सहयोगमा रामशाह मावि, भाँगे, मार्कीचोक, सत्रसय लगायतका ठाउँमा आँखा शिविर गरिएको थियो । पछिल्लो केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण बढेकाले आँखा शिविर सञ्चालन गरिएको उपाध्यायले बताए ।