दमाैली । ओमकार परिवार तनहुँले गौ हत्या र धर्म परिवर्तन गर्ने क्रियाकलाप रोक्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमार्फत् ओमकार परिवारले ज्ञापनपत्र बुझाएको हो ।
धर्म परिवर्तन गराउने र गौ हत्यामा संलग्न रहेका संघसंस्था र व्यक्तिहरुमाथि कारवाही नहुनु सरकारविहिन जस्तो देखिएको भन्दै ज्ञापनपत्रमा दोषीलाई कारवाही गरी अवाञ्छित क्रियाकलाप रोक्न प्रधानमन्त्रीसँग आग्रह गरिएको ब्राम्हण समाज तनहुँका अध्यक्ष कृष्णचन्द्र पाण्डेले जानकारी दिए ।
नेवा खल व्यास नगरसमिति, मगर समाज तनहुँ, गुरुङ समाज तनहुँ, दरै समाज तनहुँ, परियार समाज तनहुँ, सुनचाँदी व्यवसायी विश्वकर्मा समाज तनहुँ, वैदिक पुरोहित समाज तनहुँ, वेद अनुयायी प्रतिष्ठान, रानाभाट समाज नेपाल, दशनामी समाज, ठकुरी समाज, क्षत्री समाज, विश्व हिन्दु महासंघ र ब्राम्हण समाज नेपाल तनहुँले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको हो ।