मुख्यमन्त्री पाण्डेद्वारा दमौली अस्पताल अनुगमन, अस्पताल स्तरोन्नतिको मागमा फेरि ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुख्यमन्त्री पाण्डेद्वारा दमौली अस्पताल अनुगमन, अस्पताल स्तरोन्नतिको मागमा फेरि ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०८०, मंगलवार

    दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ सदरमुकामस्थित दमौली अस्पतालको सोमबार अनुगमन गरेका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन जिल्ला आएका मुख्यमन्त्री पाण्डेले अस्पतालको अनुगमन गर्दै सेवाप्रवाहका बारेमा जानकारी लिएका हुन् ।
      
    सो अवसरमा मुख्यमन्त्री पाण्डेले बिरामी कक्ष, ओपिडी कक्ष लगायतको स्थलगत निरीक्षण गरे । निरीक्षणपश्चात् आयोजित छलफल क्रममा मुख्यमन्त्री पाण्डेले अस्पतालको स्तरोन्नतिलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे ।   
      
      गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान, अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अस्पतालको स्तरोन्नति अति आवश्यक भइसकेकाले यसमा विशेष ध्यान दिन मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षण गराए ।   
      
    सो क्रममा अस्पतालका प्रमुख डा परिवर्तन बरालले अस्पतालको वर्तमान अवस्था र सेवाप्रवाहका बारेमा जानकारी गराए । दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले तीव्र सहरीकरण र बढ्दो जनसङ्ख्यासँगै अस्पताल स्तरोन्नतिको आवश्यकता खड्किएको उल्लेख गरे । उनले भने, “अस्पतालको विस्तार गर्नुपर्ने अति आवश्यक भइसकेको छ, बिरामीको चाप बढ्दो छ, अहिल्यैकै अवस्थामा सेवा प्रवाह गर्न कठिनाइ भइरहेको छ ।”   

    थापाले अस्पतालको स्तरोन्नति, विशेषज्ञ चिकित्सक र नयॉ भवन निर्माणका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।