तनहुँका चर्चित गीतकार सागर उदासको ‘तिम्रो मेरो पिरतीमा’ गीतको भिडिओ सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका चर्चित गीतकार सागर उदासको ‘तिम्रो मेरो पिरतीमा’ गीतको भिडिओ सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०८०, शनिबार

    दमौली । तनहुँको ऐतिहासिक एवं पर्यटकीय स्थल तनहुँसुरमा छायाङ्कन गरिएको एउटा गीतको भिडियो सार्वजनिक भएको छ । जातीय विभेदका घटनाहरुलाई प्रस्तुत गरिएको गीतको भिडिओमा कलाकारहरू सुदिप पौडेल, सपना न्यौपाने, बालकृष्ण श्रेष्ठ, सुब्बा बि.क., रामु पौडेल, रमेश शर्मा लगायतको अभिनय रहेको छ ।

    “पानीको फोका जस्तै” चर्चित गीतका गायक मनोज राज शिवाकोटीको सुमधुर आवाज अनि बहुआयामिक गीतकार सागर उदासको शब्द सृजनामा तयार गीत “तिम्रो मेरो पिरतीमा”को गीतको हरि लम्सालद्वारा संगीतवद्व हो भने पत्रकार पूर्ण विकेले यसको निर्देशन गरेका छन् ॥

    जातको कारण सुमधुर प्रेम सम्बन्ध वियोगमा परिणत भएको कथावस्तु समेटिएकौ भिडियोको छायांकन तथा सम्पादन सुशान पन्थले गरेका हुन् भने ड्रोन पाइल महेस वाग्ले रहेका छन् ।