‘तीज सामाजिक विकृति विरुद्ध ऐक्यबद्धता सिर्जना गर्न सफल हुनेछ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘तीज सामाजिक विकृति विरुद्ध ऐक्यबद्धता सिर्जना गर्न सफल हुनेछ’

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०८०, सोमबार

    दमौली । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले तीज पर्वले सामाजिक विकृति विरुद्ध ऐक्यबद्धता सिर्जना गर्न सफल रहने विश्वास व्यक्त गरेका छन् ।

    हरितालिका तीजको अवसरमा सोमबार शुभकामना दिँदै न्यौपानेले यस पर्वले लैंगिक समानता स्थापित गर्दै नेपाली समाजमा सद्भाव स्थापना गर्न सहयोग पुग्ने उल्लेख गरे ।

    साथै सोमबार विश्वकर्मा दिवस भएकाले सम्पूर्ण शिल्पकार, श्रमजीवि, निर्माणकर्ता र उद्यमीमा न्यौपानेले शुभकामना दिएका छन् ।