दमौली । तनहुँमा असोज ४ गतेदेखि सबै सामुदायिक विद्यालय बन्द गर्ने शिक्षकले चेतावनी दिएका छन् । सरकारले प्रतिनिधिसभामा दर्ता गरेको शि़क्षा विधेयकको विरोधमा आन्दोलित शिक्षकहरुले सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् ।
नेपाल शिक्षक महांसघ तनहुँले सोमबार प्रेस विज्ञप्ती जारी गरी विद्यालय बन्द गरी काठमाडौ केन्द्रित आन्दोलन गरिने जनाएको छ ।
शिक्षक कर्मचारीका माग मुद्धा तथा देशको समग्र शैक्षिक अवस्थालाई समेत सम्बोधन नगरेपछि नेपाल शिक्षक महासंघको आह्वान बमोजिम तनहुँबाट पनि आन्दोलनमा ऐक्यबद्धता हुने जनाइएको छ ।
सडक आन्दोलनमा तनहुँका सम्पूर्ण १० वटै पालिकामा रहेका सामुदायिक विद्यालयहरु पनि केन्द्रबाट जारी भएको सर्कुलर अनुसार विद्यालयका पठनपाठन बन्द गरी उपस्थितिका लागि महासंघले आग्रह गरेको छ ।