मानुङकाेट रिसाेर्ट सञ्चालनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    मानुङकाेट रिसाेर्ट सञ्चालनमा

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०८०, शुक्रबार

    दमाैली । तनहुँकाे व्यास नगरपालिका-५ सिर्दीमा मानुङकाेट रिसाेर्ट सञ्चालनमा आएकाे छ । व्यवसायी तुल्सीराम पाण्डेकाे लगानीमा मानुङकाेट रिसाेर्ट सञ्चालनमा आएकाे हाे ।

    रु १२ करोड लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो । मानुङकोटको फेदीमा निर्माण गरिएको यस रिसोर्टमा सुविधासम्पन्न आवास, अर्गानिक परिकारको व्यवस्था गरिएको सञ्चालक पाण्डेले जानकारी दिए ।

    रिसोर्टमा विदेशी तथा स्वदेशी पर्यटकलाई लक्षित गरी डिलक्स, मिनी डिलक्स र साधारण कोठा तयार गरिएको छ ।

    May be an image of 10 people and text

    रिसाेर्टकाे शुक्रबार गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे । साे अवसरमा उनले उद्यमशीलता अहिलेकाे आवश्यकता रहेकाे बताए ।

    मुग्लिन पोखरा सडक विस्तार ढिलाइले यहाँको पर्यटन क्षेत्र प्रभावित भएकाले यसलाई छिटो सम्पन्न गराउनेतर्फ ध्यान दिनुपर्ने बताए।