करेन्ट लागेर व्यासकाे मूलपानीमा एकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    करेन्ट लागेर व्यासकाे मूलपानीमा एकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०८०, शुक्रबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–११ मूलपानीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ५२ वर्षीय वीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    आफ्नै घरको बिजुलीको तार मिलाउने क्रममा करेन्ट लागेर घाइते निजलाई तत्काल उपचारका लागि दमौली अस्पताल ल्याइएकामा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।