माछा संरक्षणमा तनहुँ जलविद्युत आयोजना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    माछा संरक्षणमा तनहुँ जलविद्युत आयोजना

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । तनहुँ जलविद्युत आयोजनाले मादी र सेती नदीमा माछा संरक्षणको कामलाई अगाडी बढाएको छ । निर्माणाधीन अवस्थामा रहेको जलविद्युत आयोजनाको कारण मादी र सेती नदीका माछामा प्रत्यक्ष असर पुग्न थालेपछि संरक्षणको कार्यक्रम सुरु गरिएको हो।

    तनहुँ जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रमा माछा संरक्षणको कार्यलाई अगाडी बढाएको हो ।

    माछा संरक्षणका लागि मादी नदीको व्यास ५ स्थित रहेको मादी र सेतीको दोभान देखि कास्कीको मादी गाँउपालिका वडा नं ५ स्थित रहेको भैसे पुल सम्मको करिब ४५ कि.मी क्षेत्र तोकिएको आयोजनाका वातावरण तथा सामाजिक व्यवस्थापन शाखाका सामाजिक विज्ञ कृष्णहरि पनेरुले जानकारी दिए ।

    उनले भने, ‘माछालाई एउटा निश्चित क्षेत्रमा तोकेर संरक्षण गर्नुपर्छ, मादी नदी सिधै हिमालको पानी बग्ने हुनाले माछा संरक्षण गर्न सहज हुन्छ ।’ उनका अनुसार माछा संरक्षणका लागि मादी अफसेट कार्यक्रम निर्माण गरिएको छ ।

    जसअन्तर्गत तोकिएको क्षेत्रमा मुख्यतःअसला र सहर माछाका प्रजातिलाई संरक्षण गरिने भएको छ । मादी अफसेट कार्यक्रम अन्तर्गत तोकिएको क्षेत्रमा मात्र माछा मार्ने क्रियाकलाप गर्ने र माछा मार्न करेन्ट, विषादी तथा विष्फोटक पदार्थ प्रयोग गर्न रोक लगाउने माछा विज्ञ जयदेव विष्टले बताए ।

    उनले भने, ‘माछा मार्ने समुदायलाई एउट निश्चित क्षेत्र दिईन्छ, असारदेखि भदौ सम्म माछा मार्न पाईदैन ।’ उनका अनुसार तोकिएको क्षेत्र वरपरका शहर तथा बस्तीबाट निस्कने फोहोर मैलाको पनि उचित व्यवस्थापन गर्नुपर्ने बताए ।

    आयोजनाको निर्माण गदैगर्दा माछामा प्रत्यक्ष असर परे पछि मादी नदीमा माछा संरक्षण गर्न खोजिएको व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । सोमबार नगरपालिकाको सभाहलमा आयोजित छलफलले मादी नदीका माछा संरक्षणका लागि प्रस्तावित क्षेत्रमा पर्ने चार वटा पालिकाहरुको सहभागितामा समन्वय समिति समेत गठन गरिएको छ ।

    व्यास नगरपालिकाका नगरप्रमुख संयोजक रहने गरि समन्वय समिति गठन गरिएको हो । उक्त समितिको सदस्यहरुमा मध्यनेपाल नगरपालिकाका नगरप्रमुख, रुपा गाउँपालिकाका अध्यक्ष, मादी गाँउपालिकाका अध्यक्ष, बोटे तथा माझी समुदायका प्रतिनिधि, वातावरण तथा सामाजिक ईकाईको प्रतिनिधि र तनहुँ जलविद्युत आयोजनाका प्रतिनिधि सचिव रहेका छन् ।

    उक्त कार्यक्रममा तनहुँ जलविद्युत आयाेजनाका निमित्त प्रमुख हरिकुमार श्रेष्ठले समग्र आयाेजनाकाे बारेमा जानकारी गराएका थिए ।