नगरपालिकाका स्वास्थ्यका कर्मचारी दमाैली अस्पतालमा परिचालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    नगरपालिकाका स्वास्थ्यका कर्मचारी दमाैली अस्पतालमा परिचालन

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०८०, मंगलवार

    दमाैली । दमौली अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेपछि व्यास नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीलाई अस्पतालमा खटाइएकाे छ । नगरपालिकाले मङ्गलबारदेखि अस्पतालमा पाँच जना स्वास्थ्यकर्मी परिचालन गरेकाे हाे ।

    अस्पतालमा जनशक्ति कम भएको जानकारीमा आएपछि नगरपालिकाले एक जना डाक्टर, दुई जना ल्याबका कर्मचारी र दुई जनालाई इमर्जेन्सीमा परिचालन गरेकाे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमाेद साेतीले जानकारी दिए ।

    सोतीले भने, “अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेको र अस्पतालको जनशक्तिले धान्न नसक्ने अवस्था आएको जानकारी भएपछि नगरपालिकाबाट तत्कालका लागि पाँच जना कर्मचारी खटाएका हाै ।”